|

भद्रपुर (झापा) : मोटरसाइकलको ठक्करबाट झापामा एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–३ का ४२ वर्षीय इन्द्रप्रसाद दंगाल रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। 

प्रहरीका अनुसार दुधे–शिवगञ्ज भित्री सडकमा सोमबार साँझ दुधेबाट शिवगन्जतर्फ जाँदै गरेको मे २ प ३५३९ नम्बरको मोटरसाइकलले पैदलयात्री दंगाललाई ठक्कर दिएको थियो। ठक्करबाट गम्भीर घाइते भएका दंगाललाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। 

मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका–७ का २१ वर्षीय रेमबहादुर बानियालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.