|

काठमाडौं : काठमाडौं उपत्यकामा दैनिक  सरदर १०५ जना मादक पदार्थ सेवन (मापसे) र १०५ जना चालक लेन मिचेका कारणा कारबाहीमा पर्ने गरेका छन्। यसरी ट्राफिक नियम उल्लंघन गरेर ट्राफिक कार्यालयमा सचेतना कक्षा लिन आउने संख्या बढ्दो छ।

ट्राफिक महाशाखाले गत असोजमा मात्रै दुई हजार ९७३ जना मापसे, दुई हजार ३९१ जना लेनको अनुशासन पालना नगरेको र ३५ सवारी दुर्घटना गरी जम्मा पाँच हजार ३९९ जनालाई सचेतना कक्षा दिएको ट्राफिक महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए। प्रमुख ढकालले काठमाडौं उपत्यकाभित्र मापसे गरी सवारी दुर्घटना गर्ने कार्य कम गर्न कडा रूपमा प्रस्तुत हुन सबै ट्राफिक कर्मचारीलाई निर्देशन दिएको बताए।

'सवारी दुर्घटनाको मुख्य कारणमध्ये मापसे पनि एक हो। हामी चाहन्छौं। हरेक व्यक्ति यो जोखिमबाट बच्नुस्' प्रमुख ढकालले भने, 'अनुशासनमा बस्नुपर्ने आम जनताको दायित्व हो। अनुशासन पालना नगर्नेलाई कारबाही गर्नु ट्राफिकको अधिकार हो।' प्रमुख ढकालले सवारी चालकले पनि आफुलाई बिनावर्दीको प्रहरी ठान्न अनुरोध समेत गरेका छन्। उनले भने‚ 'यहाँ हरेक सवारी चालक आफैंमा संयमित भएर सवारी चलाउन अनुरोध गर्दछु।'

उपत्यकाभित्रको ट्राफिक व्यवस्थापन सुधार गर्न ट्राफिक कार्यालयले मंगलबारबाट ट्राफिक व्यवस्थापन सुधारका लागि जनताबाट सुझाव लिने कार्य सुरू गरेको जानकारी दिए। ' सचेतना कक्षा लिन आउने सवारी चालकहरूबाट नै सुझाव लिने कार्य थालनी गरेका छौं', उनले भने, 'यसबाट ट्राफिक र सवारी चालकहरूको दोहोरो संवाद हुने र नयाँ योजनाहरू बनाउन मार्गनिर्देशन समेत हुने अपेक्षा गरेका छौं।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.