विश्व

ढिलो हिँड्नुहुन्छ? छिट्टै लाग्‍ला बुढ्यौली
SHARES

कात्तिक १३, २०७६

    उमेर, चालिसको दशकमा चलिरहँदा मानिसहरु कति छिटो हिँड्छन्? हिँडाइको चालले उनीहरुको मस्तिष्क र शरीर कुन गतिमा बुढ्यौलीतर्फ जाँदै छ भन्ने संकेत दिन्छ। 
    वैज्ञानिकहरू चालको गतिको सरल परीक्षण गरेर बुढेसकालको प्रक्रिया मापन गर्न सफल भएका छन्। शोधकर्ताहरूले गरेको अध्ययनमा सहभागीमध्ये ढिलो हिँड्नेहरूको तीव्ररुपमा शरीर मात्र बूढो भइरहेको थिएन, उनीहरूका अनुहार पनि बुढो देखिन्थे र मस्तिष्कको आकार पनि सानै पाइयो। यसलाई शोधकर्ताहरुको अन्तराष्ट्रि टोलीले ’अनपेक्षित आश्चर्य’ भनेका छन्। 

    विशेषगरी ६५ वर्ष या माथिका बिरामीहरूमा समग्र स्वास्थ्य परीक्षण गर्न डाक्टरहरुले “हिँडाइको गति’ को मापन गर्दछन्। किनकि फोक्सोले गर्ने कार्य शारीरिक सन्तुलन, मेरुदण्ड—मांसपेशीको शक्ति र नेत्रशक्तिको राम्रो सुचक—मापक भनेको ’चालको गति’  पनि हो। बुढेसकालमा ढिलो हिँड्नुले डिमेन्सिया (बिर्सने रोग) र गिरावट ( शारीरिक क्षय) को जोखिमलाई संकेत गर्दछ।

    समस्याको संकेत

    न्युजिल्यान्डमा सन् १९७० को दशकमा जन्मिएका १००० वयस्क व्यक्तिहरुमा (४५ वर्षको उमेर हुँदासम्म) अध्ययन गरिएको थियो। अध्ययनमा सहभागीहरुको शारीरिक परिक्षणहरु, मस्तिष्कीय कार्य परिक्षण र मस्तिष्कका स्क्यानहरु गराइए। उनीहरुलाई बाल्यकालमै प्रत्येक दुई वर्षमा संज्ञानात्मक परीक्षण गरिएको थियो।

    किंग्स कलेज लण्डन र अमेरिकाको ड्युक युनिभर्सिटीका प्रोफेसर टेरी ई. मोफिट ले भने, 'बुढेसकाल लाग्नुभन्दा अघिबाट नै ढिलो हिँड्नु एक सोचनीय समस्या भएको पत्ता लगायौँ।' उनका अनुसार ४५ वर्षको उमेरमा पनि ती व्यक्तिहरुको हिंड्ने वेगमा धेरै भिन्नता थियो जसमध्ये २ मिटररसेकेन्ड भन्दा बढी वेग देखियो (दौड बाहेक)।
    सामान्यतया, छिटो हिंड्नेहरुको तुलनामा ढिलो हिंड्नेहरुले छिटै बुढेसकालको लक्षण देखाउँदै गर्दा उनीहरुको फोक्सो, दाँत र प्रतिरक्षा प्रणाली खराब अवस्थामा देखिए। ढिलो हिँड्नेहरुको मस्तिष्क बूढो देखिने संभावना रहेको अप्रत्याशित तथ्य मस्तिष्कीय स्क्यानले देखायो।

    तीन वर्ष उमेर हुँदा देखिको बौद्धिकता, भाषा र मस्तिष्कीय कौशल परिक्षणहरुको नतिजाको आधारमा उनीहरु ४५ वर्ष पुग्दा कतिको ’हिँडाइ गति’ लिनेछन् भन्ने पुर्वानुमान गर्न सकेको शोधकर्ताहरुले बताएका छन्। 

    ती बच्चाहरु ( जो पछि वयस्क भए) जो सबभन्दा ढिलो हिँड्ने भए (औसतमा १.२ मिटर से स तिनको बौद्धिक सुचांक (क्ष्त्त) ८  सबभन्दा तीव्र हिंड्ने (१.७५मिरसे) को भन्दा १२ अंकले थोरै देखियो

    जीवनशैलीको पनि प्रभाव              
    उनीहरूको स्वास्थ्य र बौद्धिक सुचांकमा देखिएको जीवनशैलीको छनौट वा जीवनको सुरुमा राम्रो स्वास्थ्य भएकोले हुनसक्ने ’जामा नेटवर्क ओपन ’ मा लेख्ने अन्वेषकहरुको अन्तर्रा्ष्ट्रिय टोलीले बतायो बुढेसकालमा उनीहरुको स्वास्थ्य कस्तो हुने संकेत बाल्यकालमा पनि देखिने अन्वेषकहरु बताउँछन्

    युवा अवस्थामा नै हिँडाइको वेग मापन गर्नाले उनीहरुको बुढ्यौली दर ( बूढो हुने क्रम दर) घटाउन कस्तो उपचार प्रयोग गर्ने जानकारी मिल्ने शोधकर्ताले बताए कम क्यालोरीको भोजनदेखि मेट्फर्मिन औषधि खानेलगायत अन्य उपचारहरुको बारेमा अनुसन्धान भइरहेको छ।

    युवा र स्वस्थ छँदै गरिने ’हिंडाइ वेग परिक्षण ’ मस्तिष्क र शरीरको स्वास्थ्यको प्रारम्भिक सुचक हुने र  त्यस अनुसार आफ्नो जीवनशैली परिवर्तन गर्न सकिने सुझाव अनुसन्धानकर्ताहरुले दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]