|

बझाङ : बुङल नगरपालिकास्थित अपरकालंगा हाइड्रोपावरको सुरुङभित्र पठाइएको अक्सिजन पाइपमा अवरोध हुँदा चार जना मजदुर भित्र फसेका छन्।

आइतबार साँझ उक्त घटना भएपनि आजसम्म ती मजदुरहरूको उद्धार हुन सकेको छैन। डिएसिपी गणेशबहादुर बमका अनुसार सुरुङभित्र दैलेखका कर्णबहादुर शाही र  महेन्द्रबहादुर शाही, शेरसिंह धामी बझाङ र अछामका महेन्द्र साउँद फसेका हुन्।

उनीहरूको उद्धार गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना रातभर खटिएपनि सम्भव नभएपछि काठमाडौंबाट उद्धार टोलि मगाइएको डिएसपी बमले जानकारी दिए। काठमाडौंबाट हेलिकोप्टरमा उद्धार टोली बझाङ आइरहेको बमको भनाइ छ।

घटनास्थल सदरमुकामबाट गाडीमा जाँदा ४ घण्टाभन्दा बढी लाग्ने बताइएको छ।

उक्त सुरुङ कम्तिमा पनि ४ किलोमिटर रहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.