|

पोखरा : आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि देशका विभिन्न क्षेत्रमा उम्मेदवारले आफ्नो मनोनयन दर्ता गराएका छन्। उपनिर्वाचनमा प्रतिनिधिसभाको निर्वाचन हुने एक मात्र क्षेत्र कास्की २ मा चुनाव लड्न विभिन्न दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।

मनोनयन दर्तापछि विभिन्न खाले प्रतिक्रिया पनि दिएका छन्। कांग्रेसका उम्मेदवार खेमराज पौडेलले आफू चुनाव जित्नेमा ढुक्क रहेको प्रतिक्रिया दिए। उनले अमेरिकी राष्ट्रपतिले जसरी नै आफूले चुनाव जित्ने दाबी पनि गरे।

‘अमेरिकामा ट्रम्पले जित्छन् भन्या थिएनन्। ‘बेलायतमा कहिले कन्जरभेटीभ आउँछ, कहिले लेबर आउँछ कहिले डेमोक्रेटिक आउँछ। कहिले के आउँछ। हामीकहाँ पनि त्यस्तो एक पटक आयो,’ मनोनयन दर्ता पनि प्रतिक्रिया दिँदै उनले भने, ‘जनतालाई जुन किसिमको बचनबद्धता उनीहरुको थियो त्यो उनीहरूले पूरा गर्न सकेको भए उनीहरूलाई निरन्तरता दिन्थ्यो।

सरकारले जुन किसिमको गल्ती गरिरहेको छ। एउटा चुनावले सरकार ढल्ने पनि हैन हामी ढाल्न पनि चाहन्नम। राजनीतिक अस्थिरता ल्याउने काम हामी गर्दैनम। यिनै क्रियाकलाप सरकारले गरेको भएर बलियो प्रतिपक्ष खोजेको छ। उनीहरूलाई सबक सिकाउन जनताले खोजेका छन्।’

उनले कास्की कांग्रेस अहिले एक ढिक्का भएकोले चुनाब जित्ने दाबी गरे। उनले चुनाबमा उम्मेदवारको दाबी गरेकै अर्का नेता देवराज चालिसे प्रस्तावक र सांसद सूर्यबहादुर केसी समर्थक बसेर मनोनयन दर्ता गरेका हुन्।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.