|

धादिङ : शिक्षा विकास तथा समन्वय इकाइ धादिङका प्रमुख तुलबहादुर महतले पुस्तक व्यवसायीले पुस्तक ल्याउन धर्ना बस्नुपर्ने समस्या कायमै रहेको बताएका छन्।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश-३ को पाँचौ पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले पुस्तक व्यवसायीले विद्यालयमा सहज रुपमा पुस्तक पुर्‍याउन सक्ने अवस्था सिर्जना नभएको बताए हुन्। देशमा गुणस्तरीय शिक्षा विकासमा पुस्तक व्यवसायीले महत्वपूर्ण सहयोग गर्दै आएको भन्दै व्यवसायीको समस्या समाधानमा राज्यको पहल कम भएको उनको भनाइ छ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघको केन्द्रीय तथा प्रादेशिक समितिको निर्णयलाई आगामी जिल्लामा संचालनमा ल्याउने उनले बताए। ‘पुस्तक व्यवसायीले गर्दै आएको काम, समस्या र आगामी दिनमा समस्या समाधान गरी व्यवसायलाई थप बलियो बनाउनको लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्छु’ उनले भने, ‘पाठ्य पुस्तक विद्यार्थीको हातमा मात्र नभई शिक्षक तथा शिक्षिकाको हातहातमा पनि अनिवार्य रुपमा हुनुपर्छ, तर कतिपय समयमा विद्यार्थीलाई नै आवश्यक मात्रामा व्यवसायीले पुस्तक पुर्‍याउन नसकेको समस्या छ।’

पुस्तक तथा स्टेसनरी व्यवसायीको अधिकार विस्तार तथा विकासमा सम्बन्धित निकायले पारदर्शिक भूमिका खेल्नुपर्ने उनको माग छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.