|

गुल्मी : गुल्मीको रेसुंगा नगरपालिका वडा नं १० सिमीचौमा रहेको निर्माणाधीन विमानस्थलको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निरीक्षण गरेका छन्।  आफू पर्यटनमन्त्री हुँदा निर्माण कार्यका लागि शिलन्यास गरेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थलको निरीक्षण गरेका हुन्।

आगामी २०७७ जेठ महिनादेखि नियमित रुपमा उडान भर्ने गरी कार्य अगाडि बढेको रेसुंगा नगरपालिकाका प्रमूख डिल्लीराज भुसालले जानकारी दिए।  निर्माणधिन बिमानस्थलको निरीक्षण गर्दै मन्त्री ज्ञवालीले दु्रत गतिमा निर्माण सम्पन्न गर्न निर्देशन दिएको र निर्माण ब्यबसायीले पनि द्रुत गतिमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको भुसालले जानकारी दिए।

यता, निर्माण ब्यबसायी रौताहा हरीहरी जेभीका प्रमुख सन्तोष भुसालले आगामी जेठ महिनासम्म निर्माण कार्य सम्पन्न गर्ने गरी आफूले कार्य अगाडी बढाइरहेको दाबी गरे।  २०७५ साल जेठ २५ गते तारा एयरको ९ एनएकेएल कल साइन भएको बिमानले परीक्षण उडान भरेको र परीक्षण उडान सफल भएको थियो।

बिमान स्थल निर्माणका लागि ४६ रोपनी जग्गाको मुअब्जा बितरण गरी  १ सय १२रोपनी जग्गामा  ७ सय मिटर लम्बाई  ९० मिटर चौडाइको धाबन मार्ग निर्माणका लागि  हालसम्म  ११ करोण रुपैयाँ खर्च भइसकेको र बिमान स्थलको धाबन मार्ग र अन्य संरचना निर्माणका लागी ८ करोड ठेक्का भइसकेको निर्माण समितिका अध्यक्ष मधुकृष्ण पन्तले जानकारी दिए। २०७७ साल जेठदेखि विमानस्थलबाट नियमित उडान भर्ने पन्तले जानकारी दिए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.