|

पर्सा : नेपाल सरकारको उच्च पदमा कार्यरत एक अधिकारीको नागरिकता छानविनमा परेको छ। 

भारत उत्तरप्रदेश घर भई राज्यलाई झुक्याएर कपिलवस्तु जिल्लाबाट नेपाली नागरिकता लिएर सरकारी उच्च पदमा जागिर खाइरहेका ती कर्मचारीको नागरिकता छानबिनमा परेको हो। 

छानविनमा परेको नागरिकता कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय प्रदेश नम्बर ५ का प्रादेशिक प्रमुख अजयकुमार श्रीवास्तव रहेको खुलासा भएको छ। 
अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा श्रीवास्तवको जाली नागरिकता बारे परेको उजुरी पछि अख्तियारले कपिलवस्तु जिल्ला प्रशासन कार्यालयलाई छानविन गर्न पत्राचार भएपछि वास्तविकता सतहमा आएको छ।

अजय श्रीवास्तव कि अक्षय श्रीवास्तव के? भनी एउटा जाली नागरिकताको छानविनको अनुसन्धान भइरहेको कपिलवस्तु जिल्ला प्रशासन कार्यालयको प्रमुख गजेन्द्र श्रेष्ठले बताए।  एउटा नागरिकता छानविन गर्नु भनी अख्तियारबाट सूचना आए अनुसार अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रादेशिक प्रमुख अजय कुमार श्रीवास्तवको वास्तविक थर श्रीवास्तव नभए पनि उनले कपिलवस्तुको बहादुरगञ्जका एक नातेदारको श्रीवास्तव थरबाट नागरिकता लिन सफल भएको अख्तियारमा उजुरी परेपछि छानबिन थालिएको अख्तियार स्रोतले जनाएको छ।

गत वर्षमा आमाको निधनहुँदा उनी भारतमा नै गई आमाको काजकृया गरेर फर्किएको कृषि सामग्री कम्पनीका नाम नबताउन चाहने एक कर्मचारीले जनाए। 
हामीलाई पनि शंका त छ। तर छानविन गर्ने निकाय आफूहरुको नभएको उनले तर्क गरे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.