|

 इटहरी : बलात्कारको आरोप लागेका चतराका साधु कृष्णदास गिरीलाई अस्पतालबाटै प्रहरीले पक्राउ गरेको छ। विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत कृष्णदासलाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको हो। बिहान ४ बजे एम्बुलेन्स लिएर अस्पताल पुगेको प्रहरी टोलीले नियन्त्रणमा लिइ ह्विल चियरमा अदालत लगेको हो। अस्पतालमा पनि प्रहरीको निगरानमाी रहेका उनलाई प्रहरीले आइतबार नै पक्राउ गर्ने तयारी गरे पनि हर्ट अट्याक भएको भन्दै उनी आइसियुमा भर्ना भएका थिए।

आज भने उनको स्वास्थ्यमा सुधार भएको थाहा पाएपछि प्रहरीले आइसियुबाटै पक्राउ गरेको हो। अस्पताल प्रशासन, केही राजनीतिक दलका नेता, कर्मचारीहरू उनलाई जोगाउन लागिपरे पनि अन्ततः उनी पक्राउ परेका हुन्। आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा बलात्कार गरेको आरोप उनीमाथि लागेको थियो। महिलाले गत मंगलबार जाहेरी दिएपछि विषय बाहिर आएको थियो।

गिरीलाई अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतले ४ दिनको म्याद थप गरेको छ। २ नं. इजलासका जिल्ला न्यायाधीश धर्मराज पौडेलको इजलासले ४ दिनको म्याद थप गरेको हो। ४ दिनभित्र प्रहरीले घटनाको विषयमा अनुसन्धान गरी मिसिल अदालतमा पेश गरिसक्नुपर्छ। ४ दिन भित्रपनि अनुसन्धान नसके प्रहरी फेरि म्याद थप गर्न सक्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.