|

सल्यान : सल्यानमा लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध अफिमसहित दुईजनालाई बागचौर नगरपालिका ५ बांगेलाखुरीबाट पक्राउ गरेको हो।

रुकुमबाट काठमाडौं जाँदै गरेको बसमा लुकाइछिपाइ आगुऔषध लगिँदै गरेको गोप्य सूचनाका आधारमा बसमा चेकजाँच तथा खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट दुई किलो ४८ ग्राम अफिम बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा सल्यान शारदा नगरपालिका ७ कजेरीका २८ वर्षीय झक्कुप्रसाद बोहरा र बस चालक बागचौर नगरपालिका १० पिपलनेटाका ४५ वर्षीय टेकमप्रसाद शर्मा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बस चालक शर्माको झोलामा कालो प्लाष्टिकमा पोको पारी चालक सिट माथि र्‍याकको डिक्कीमा लुर्का ल्याएको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ। उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय थारेमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.