|

चितवन : चितवनको राप्ती नगरपालिका ४ चेपाङ मार्गमा अटो पल्टिँदा ज्यान गुमाएका चारैजनाको परिचय खुलेको छ। 

दुर्घटनामा मृत्यु भएका पाँचजनामध्ये पर्वत कुस्मा नगरपालिका पिपलटारी घर भई चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४९ वर्षीय श्यामप्रसाद तिवारी, खैरहनी–९ का ४२ वर्षीय विश्वमणी भण्डारी, राप्ती ९ का २५ वर्षीय मीना खड्का र राप्ती नगरपालिका–९ रसौलीका ३२ वर्षीया माया तामाङको परिचय खुलेको छ।

अन्दाजी ४० वर्षीय एक महिलाको परिचय अझै खुलेको छैन्। मृतक पाँचै जनाको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको प्रहरी नायव उपरीक्षक एक नारायण कोइरालाले बताए। 

दुर्घटनामा घाइते भएकामध्ये चारजनाको पुरानो मेडिकल कलेज र दुईजनाको भरतपुर अस्पतालमा मृत्यु भएको हो। अटो चालक खैरहनी नगरपालिका–३ का २६ वर्षीय मणीराम गिरीको गम्भीर अवस्थामा पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। 

राप्ती नगरपालिका–४ चेपाङ मार्गको भित्री सडकखण्डबाट चौकी डाँडातर्फ गईरहेको ना १ ह ६४०९ नम्बरको अटो शनिवार साँझ अनियन्त्रित भई पल्टिदा त्यसमा सवार ५ जनाको मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.