|

अलि अघिकै कुरा हो। बाबुरामले नयाँ शक्तिको कुरा लहरे खोकी झैं खोकी रहन्थे। तर हिसिलाले बाबुरामको कुरोलाइ छेउकुनो पत्याएकी थिइनन्। घरभित्रबाट नै नयाँ शक्तिको विजारोपण गर्न नसके त्यसले साकार रुप लिन नसक्ने कुरा बाबुरामलाई लागि रहेको थियो। पार्टी गठन गरेर अगाडि बढ्ने कुरा आइसकेको थियो। यत्तिकैमा हिसिलालाई सहमत गराउन उनले वार्तालाप गर्ने निधो गरे। हिसिला कसरी सहमत भइन् भन्ने विषय आज पनि चाखको विषय भएकोले यहाँ प्रस्तुत गरिएको छ।

बाबुरामले हिसिलालाई अझै प्रस्ट पार्न मुख चुच्चो पारे र थपे, ‘प्रविधिमा जस्तो राजनीतिमा हर्ष पावर हुन्न। राजनीतिमा हर्ष पावर लाउँदा सबै कुरा हुने भए हिटलर, मुसोलिनी, बोकासाको कति हर्ष पावर थियो होला।बाबुरामले गफैगफमा ठूलो स्वरमा भने, ‘नयाँ शक्ति चाहिन्छ।’

छेउमै बसेकी हिसिलाले बाबुरामको मुख हेर्दै सोधिन्, ‘कति हर्ष पावरको?’

फोटो : योपेस प्रधान

‘यो इन्जिनियरिङ प्रविधिसँग अन्तरसम्बन्धित छैन हिसिला।’ बाबुरामले यसो भन्दै मुख फर्काए।

‘अनि शक्ति भनेपछि त हर्ष पावरमा आउने हैन त बाबुराम ‘कम’ ‘रेड’ ?’ हिसिलाले जोड दिएर भनिन्।

बाबुरामले प्रस्टयाउन खोज्दै भने, ‘प्रविधिमा मात्रै शक्ति हर्ष पावरमा मापन गरिन्छ।’

भूपू इन्जिनियर हिसिलाले कुरो बुझबुझे जस्तो गरी भन्न थालिन, ‘ए हो त नि राजनीतिमा त हर्ष पावरको काम छैन नि।’

बाबुरामले हिसिलालाई अझै प्रस्ट पार्न मुख चुच्चो पारे र थपे, ‘प्रविधिमा जस्तो राजनीतिमा हर्ष पावर हुन्न। राजनीतिमा हर्ष पावर लाउँदा सबै कुरा हुने भए हिटलर, मुसोलिनी, बोकासाको कति हर्ष पावर थियो होला। सद्दाम हुसेनको हर्ष पावर मात्रै हैन ऊँट पावर पनि थियो। उहिले नै उहिले धेरै नै पहिले रावणका पालामा, तेत्तिसकोटी भगवानका पालामा ऐरावत (हात्ति) पावर पनि थिए। महाभारत युद्धमा कौरवसँग कति हात्ति थियो होला, हात्ति पावर? तर पाण्डवले मान्छे जस्तै हुबहु लाग्ने हनुमान (बाँदर पावर) को सहयोगमा युद्ध जिते। हस्तिनापुरको पाँच गाउँ माग्दा कौरवले दिएनन् पछि बाँदर पावरको सहयोगमा पाण्डवले ‘पुरै हस्तिानपुर जितेको कथाकुथुङ्ग्री छ।’

‘टिमी ट सारै अन्टरमुखी छौ। टेसो भा कुन पावरको कुरा गरेको ट?’ हतारमा बोल्दा हिसिलाको पुरै नेवारी लवज झल्कियो। अनि उत्तरको आशले बाबुरामको मुखतिर टोलाउन थालिन्।

बाबुरामले दुई शब्दमा दुई टुक जवाफ दिए, ‘मेनपावर।’

‘मेनपावर त खुबै फस्टाएको छ नेपालमा। मेनपावरको विजिनेस गरेर करोडौं कमाएका छन्। मेनपावरको रेमिन्ट्यान्सले घरको छाना मात्र हैन, देशै चलेको सर्वविदितै छ ।’ मेनपावरबारे हिसिलाले धारा प्रवाह खोक्न थालिन्।

ठीकै भन्यौ बाबुराम ‘कम’ ‘रेड’। मैले तिमीलाई लभ खेलेर त्यसै ल्याएको हैन। विसे नगर्चीको सहयोगमा पृथ्वीनारायण र उनका सन्तानले २४० वर्ष खाए। तिम्रो सहयोगमा म, मानुषी, तिम्री जेठी सासु र सालीहरुले कति खान्छौं हेर्दै जाउँ।’

हिसिलाको मेनपावर अध्याय सुनेर दिक्दार मान्दै बाबुराम भन्न थाले, ‘त्यसो भनेको हैन। मैले मेनपावरको बिजिनेस गर्न खोजेको पनि हैन। राजनीतिमा नयाँ शक्ति चाहियो। २१औं शताब्दीमा त्यो शक्ति हर्ष पावरबाट हैन मेनपावर अर्थात जनशक्तिबाट पाइन्छ भन्ने हाम्लाइ लाइरा’छ।’

हिसिलाले बल्ल कुरोको चुरो बुझै झै गरे भनिन्, ‘ए टेसो पो।’

यतिकैमा बाबुराम चुप लागेपछि हिसिलाले हाब्रो च्यातेर बत्तिसा देखाउँदै प्रवचन अगाडि बढाइन्, ‘मेनपावरको रुप र सार दुबै बुझेँ। २०६४ सालको पहिलो संविधानसभासम्म आउँदा हामीसँग हर्ष पावर थिएन तर मेनपावरका रुप र सार दुबै थिए। रुपमा बाहिर वाइसियल, सारमा भित्र जनमुक्ति सेना थिए। तब त चुनाउ गजपैले जितियो। २०७० को दोस्रो चुनाउमा आउँदा आइपुग्दा रुपका मेनपावर वाइसियल लाखापाखा लागिसकेका थिए। सारका जनमुक्ति सेना पनि सेण्टिफ्ल्याँट भैसकेका थिए। तबै त मजैसँग चुनाउमा चिलिम खाइयो। ठीकै भन्यौ बाबुराम ‘कम’ ‘रेड’। मैले तिमीलाई लभ खेलेर त्यसै ल्याएको हैन। विसे नगर्चीको सहयोगमा पृथ्वीनारायण र उनका सन्तानले २४० वर्ष खाए। तिम्रो सहयोगमा म, मानुषी, तिम्री जेठी सासु र सालीहरुले कति खान्छौं हेर्दै जाउँ।’

हिसिलाले कुराको बीट मार्न खोज्दै थिइन्। तर बाबुरामले उत्साहित भएर सोधे, ‘अघिदेखि तिमीले मलाई कामरेड नभनेर किन घरीघरी ‘कम’ ‘रेड’ भनेको?’

हिसिलाले झटपट जवाफ दिइन, ‘चुनवाङसम्म त तिमी कामरेड नै थियौ। तर त्यस उप्रान्त तिम्रो रातो रङ्ग खुइलिँदै गयो त्यही भएर कम्ती रेड अर्थात कम रेड भनेको हुँ। कम्युनिस्ट पार्टी छोडेर नयाँ शक्तिमा लाग्ने भएपछि ट टिमी कम रेड पनि रहेनौ।’

बाबुरामले मुख चुच्चो पार्दै हाँसे, ‘उहुँहुँ... उहुँहुँ... ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.