|

डोल्पा : सडकबाट ठुलीभेरी नदीमा खसेका एक युवक बेपत्ता भएका छन्। त्रिपुरासुन्दरी नगरपालिका वडा नं ३ जिउँ गाउँ बस्‍ने ३३ बर्षिया जनलाल बिक बेपत्ता भएका हुन्।

मंगलबार बेलुकी ६ बजेतीर बगर बजार बाट घरतर्फ जाने क्रममा भेरीपुल नजिकैको दुनै तर्फ जाने मुल सडकबाट उछिट्टिएर भेरीमा खसेर बेपत्ता भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ।

बेपत्ता बिकका आफन्त र गाउँलेहरुले बिहानै देखि खोजीकार्य जारी राखे पनि नभेटिएको प्रहरी चौकी त्रिपुराकोटका प्रहरी नायव निरीक्षक सुशील रावलले जानकारी दिए।

अत्याधिक माधक पदार्थ सेवन गरेपछि नसक्ने अवस्थामा पुगेका बिक सडकबाट उछिट्टिएर भेरीमा खसेको हुनसक्ने आफन्तले आशंका गरेका छन्। बिक सडकबाट ५० मीटर तल खसेर बेपत्ता भएको बताईएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.