|

रौतहट : रौतहटको कटहरियामा शुक्रबार बिहान एक बालकको पोखरीमा डुबेर मृत्यु भएको छ। कटहरिया नगरपालिका-५ का तेजीलाल राय यादवको १३ वर्षीय छोरा फेकु यादवको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए।

शौच गरेर पोखरीमा पखाल्न जाँदा बेहोस भएर लडेर पोखरीमा डुबेका थिए। छारे रोगबाट पीडित यादवलाई पोखरीबाट निकालेर उपचारको लागि कटहरिया अस्पतालमा लैजादा अस्पतालले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक महतोले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.