|
जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा विराेध पत्र बुझाउन जाँदै कांग्रेसका नेता कार्यकर्ता।

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‍मा सरकारले पेश गरेको सूचना प्रविधि विधेयकको विरोधमा देशैभरबाट विरोध गरेको छ।

आइतबार ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाएर कांग्रेसले विधयेकको विरोध गरेको हो। कांग्रेसले ७७ वटै जिल्लामा जिल्ला सभापतिको नेतृत्वमा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए।

‘नागरिकको बोल्न पाउने अधिकारसमेत कुण्ठित गर्नेगरी तयार भएको विधेयक फिर्ता लिनै पर्छ,’ उनले भने, ’सामाजिक सञ्जालमा कसैले कसैलाई व्यंग्य गरे पाँच वर्ष जेल र १५ लाख जरिवानालगायतका प्रावधान खारेज गरिनु पर्छ। आलोचना र व्यंग्य गर्न पाउने नागरिकको स्वतन्त्र अधिकार हो। सरकारले आलोचना हेरेर सच्चिनु  पर्‍याे।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.