|

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीका राजनीतिक सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्।

प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति भण्डारीसमक्ष शुक्रबार बुझाएका हुन्।

प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त भएका थिए। सभामुख बन्‍न लागेका नेता अग्नि सापकोटाविरूद्ध उनी सल्लाहकार हुनु पहिले सर्वोच्च अदालतमा रिट हालेका थिए।

सापकोटालाई सभामुखमा निर्वाचन गर्न नेकपा र विपक्षी नेपाली कांग्रेससमेत तयार भएका बेला प्याकुरेलले मानवअधिकार र सामाजिक न्यायका पक्षमा अझ दृढ भएर लाग्नका लागि पदबाट राजीनामा गरेको बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.