समाज

सामुदायिक विद्यालयका शौचालय प्रयोगविहीन

माघ १०, २०७६

    सल्यान : पानीको अभाव देखाउँदै जिल्लाका अधिकांश सामुदायिक विद्यालयका शौचालय प्रयोगविहीन बन्दै गएका छन्। पानीको अभावमा शौचालय प्रयोगविहीन भएको विद्यालय व्यवस्थापनले जनाएको छ।

    पिउनका लागि एक गाग्री पानी ल्याउन आधा घण्टादेखि एक घण्टासम्म लाग्ने गरेको अवस्थामा शौचालयमा पानी व्यवस्था गर्न निकै समस्या हुने गरेको कृष्ण माध्यामिक बिद्यालय लेखसँग्रहीका प्रधानाध्यापक मोहनकुमार रोकायले बताए। उनले  विद्यार्थीलाई खानेपानी पुर्‍याउन नसकिरहेको अवस्थामा शौचालयमा झनै पानी पुर्‍याउन सकिने कुरै नभएको बताए। 

    बनगाड कुपिन्डे नगरपालिकाका ६५ सामुदायिक विद्यालयमा ४० विद्यालयका शौचालय प्रयोगविहीन रहेका छन्। शौचालय भए पनि बन्द भएका कारण जंगल वा खुला स्थानमा शौच गर्न बाध्य हुने गरेको विद्यार्थीको भनाई छ। विद्यालयमा साविक जिल्ला शिक्षा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, वडा कार्यालय, नगरपालिका र अन्य संघ संस्थाको सहयोगमा लाखौ रुपैयाँ खर्च गरेर शौचालय निर्माण गरिएको थियो।

    पानीको अभावको कारण देखाउँदै कतिपय विद्यालयले शौचालयलाई स्टोर शाखाको रुपमा प्रयोग गर्दै आएका छन्। सिद्धेश्वरी माध्यामिक विद्यालय निगालचुला, सरस्वती प्राथामिक विद्यालय निगालचुला, आनदविनास आधारभूत विद्यालय वस्नेरा, कृष्ण माध्यमिक विद्यालय लेखसंग्रही, भगवती निम्न माध्यमिक विद्यालय खैरागाड, धुव्रतारा विद्यालय च्युरा, लक्ष्मी प्राथामिक विद्यालय मैदुपोखरीलगायत करिव ४० बढी विद्यालयमा पानी अभावका कारण शौचालय वन्द रहेका छन्। 

    वडाका विभिन्न विद्यालयमा निर्माण गरिएका शौचालय पानीको अभावमा प्रयोग गर्न समस्या भएको बन्गाड कुपिण्डे नगरपालिका १२ का वडाअध्यक्ष गोविन्द डाँगीले जानकारी दिए। 

    खानेपानी समेत नपाइने स्थानमा शौचालय प्रयोग गर्न झन समस्या भएको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]