|

कोरोना भाइरसबाट संक्रमित बिरामीको उपचारमा संलग्न चिकित्सककै मृत्यु भएको छ। चीनको हुबेइ प्रान्तस्थित एक अस्पतालका चिकित्सकको मृत्यु भएको घटना सार्वजनिक भएको हो। 

चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार कोरोना भाइरस संक्रमणको केन्द्रका रुपमा रहेको हुबेइमा ६२ बर्षीय चिकित्सक लियाङ्ग उदोङको ज्यान गएको हो। 

चीनमा कोरोना भाइरसको संक्रमण महामारीका रुपमा फैलिइरहेको छ। मानिसबाट मानिसमा सर्ने भनिएको यो भाइरसको अचुक औषधी पत्ता लागिसकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.