|

काठमाडौं : आज माघ १९ गते, तत्कालीन राजा ज्ञानेन्द्र शाहले 'राजनीतिक कू' गरेको कालो दिनको रुपमा स्मरण गरिँदैछ।

पूर्वराजा शाहले २०६१ साल माघ १९ गते आजैका दिन प्रतिनिधिसभा विघटन गरी तत्कालीन समयमा पूर्वराजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासनसत्ता आफ्नो नियन्त्रणमा लिएकोले आजको  दिनलाई 'कालो दिन'को रुपमा लिने गरिएको हो। 

शाह आफैंले नियुक्त गरेका तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्थ गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेका थिए। दरबार हत्याकाण्डलगत्तै राजा बनेका ज्ञानेन्द्र शाहले मुलुकमा राजनीतिक अधिकार, मानवअधिकार तथा प्रेस स्वतन्त्रता कुण्ठित गरेर मोबाइल र टेलिफोन लाइनसमेत बन्द गराएका थिए।

रेडियोमा समाचार रोक लगाउँदै सञ्चार गृहहरुमा तत्कालीन सरकारले सेना परिचालन गराइएको थियो। शाही कदमपछि जनयुद्ध गरिरहेको तत्कालीन विद्रोही माओवादी र संसदवादी दलहरु एकजुट भई राजतन्त्रविरुद्ध आन्दोलनमा होमिएका थिए।

फलस्वरुप २०६२/०६३ को दोस्रो जनआन्दोलनको बलमा राजसंस्थाको अन्त्य भई मुलुकमा गणतन्त्र स्थापना भयो।  त्यसपछि संविधान सभामार्फत संविधान बनाएर देश संघीय संरचना कार्यान्वयनतर्फ अघि बढिरहेको छ।

तर, जनआन्दोलनको ढेड दशकसम्म पनि पूर्वाधार विकास र जनजीविकामा उल्लेख्य सुधार नहुँदा परिवर्तनकारी शक्तिहरुमाथि नागरिक आक्रोश बढिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.