समाज : सुरक्षा/अपराध

हवाई फायर गरी विप्लवका पाँच कार्यकर्ता पक्राउ

विष्फोटक पदार्थसहित विभिन्‍न सामग्री बरामद

फागुन ६, २०७६

    संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिका–१ गुफापोखरी बाट प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वका पाँचजना कार्यकता पक्राउ परेका छन्। प्रहरीले विप्लव कार्यकतालाई विष्फोटक पदार्थसहित पक्राउ गरेको प्रहरी निरिक्षक सन्तोश राईले जानकारी दिए।

    प्रहरीको गस्ती टोलीले विप्लव कार्यकतालाई चैनपुर–१ गुफापोखरी बाट जोरपोखरी जाने सडक खण्डबाट पक्राउ गरेको हो। प्रहरीले चैनपुर–१ गुफापोखरी बाट विप्लव समूहका जिल्ला सदस्य चैनपुर–४ दोभानेका अग्नि भन्ने सन्तोष तामाङसहित पाँच जनालाई पक्राउ गरेको प्रहरी निरिक्षक राईले बताए। शंकस्पद रुपमा हिँडिरहेको देखेपछि प्रहरीले सोधपुछ गर्दा प्रहरी टोलीमाथि आक्रमण गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेर पक्राउ गरेको संखुवासभा प्रहरीले जनाएको छ।

    प्रहरीले विप्लव कार्यकताको साथबाट रेडबुल बम १ थान, सकेट बम १ थान,  बिष्फोटनमा प्रयोग हुने सेफ्टी फ्युज तथा तारलगायत मोवाइल तथा विभिन्न कागजातहरू बरामद गरिएको जनाएको छ।

    पछिल्लो समय जिल्लामा आगजनी तथा बम विष्फोटनका घटना बढेपछि प्रहरीले खोजी कार्य तीव्र बनाइको थियो। प्रहरीले पक्राउ परेका अन्य चार जनाको नाम भने खुलाउन चाहेको छैन। प्रहरीले फागुन २ गते पक्राउ गरेको भए पनि ६ गते मात्र सार्वजनिक गरेको हो।                                                                   

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]