|

दैलेख : कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-१ मा मंगलबार बिहान ९ः ३० बजेतिर भएको जीप दुर्घटनामा चालक बेपत्ता भएका छन्। कालिकोटको रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु. १ ज ४१४१ नम्बरको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको हो। 

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु आलियाका अनुसार कर्णाली नदीमा खसेको जीप तानिएको र चालक बेपत्ता रहेकाले मृत्यु भयो या फरार छन् भन्नेबाारे अहिलेसम्म नखुलेको बताए। जीप चालक दैलेखको गुरास गाउँपालिका ४ का १९ वर्षीय चक्रबहादुर खड्का रहेको कालिकोट प्रहरीले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.