|

बर्दिया :  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जानको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्। 

भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको से १ च ९६० नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा बुधबार साँझ दुर्घटना भएको हो। 
दुर्घटनामा मोटरसाइकलमा सवार ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ मढेला निवासी २४ वर्षीय निरक शाहीको ज्यान गएको छ। दुर्घटनामा घाइते भएका शाहीलाई उपचारका लागि लैजादै गर्दा बाटोमै ज्यान गएको थियो।

सोही ठाउँका जीवन बडुवाल घाइते भएका छन्। बडुवाललाई थप उपचारका लागि कोहोलपुर मेडिकल कलेज नेपालगञ्ज रेफर गरिएको छ।  सवारी साधन र सवारी चालक जिल्ला प्रहरी कार्यालय बर्दियाले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्। सवारी ऐन अन्तरगत मुद्दा दर्ता गर्ने तयारी रहेको ईलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.