समाज

डडेल्धुरामा ढिस्कोमा पुरिएर एकको मृत्यु, ४ घाइते

फागुन १५, २०७६

    डडेल्धुरा : डडेल्धुरामा पहिरोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा नगदुर्गा गाउँपालिका २ बेडपानीका ६६ वर्षीय डम्मरे लुहार छन्।

    बिहीबार सवा १२ बजे नवदुर्गा गाउँपालिका–२ बेडपानीमा रहेको अमरघाट झोलुङे पुलको फाउण्डेशनमा काम गरिरहेका मजदुरमाथि पहिरो खस्दा अन्य ४ जना घाइते भएका छन्। घाइते हुनेमा सोही ठाउँका ५० वर्षीय पतीराम भट्ट, ६६ वर्षीय टेकबहादुर साउँद, ४५ वर्षीय शिवराज भट्ट र ७९ वर्षीय टीकाराम भट्ट रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

    डिएसपी न्यौपानका अनुसार घाइतेहरूको तत्काल उद्धार गरी डडेल्धुरा अस्पताल डडेल्धुरा ल्याइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]