राजनीति

पार्टीमा विवाद र भूमरी चल्नु सामान्य, विभाजन र विघटन हुँदैन : प्रचण्ड

फागुन १५, २०७६

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी भित्र विवाद र समस्या आइरहने बताएका छन्। नेकपा बागमती प्रदेश कमिटीको राजनीतिक प्रशिक्षण तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विवादरहित भएको दिन पार्टी नै नरहने उल्लेख गर्दै विवाद हुनु सामान्य भएको बताएका हुन्।

    अध्यक्ष प्रचण्डले कम्युनिष्ट आन्दोलन सम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने र ठक्कर खाने भइराख्ने बताए। त्यसलाई सबैले स्वीकार्नुपर्ने उनले बताए। पार्टीमा विवाद र भूमरी चल्नु सामान्य प्रक्रिया भएको बताउँदै त्यसकै कारण पार्टी विभाजन र विघटन नहुने बताए। उनले अहिलेको आवश्यकता अनुसार देशको नेतृत्व गर्ने पार्टीको रूपमा विकास गर्न पनि विवाद, संघर्ष, भूमरी र ठक्कर खाने भइराख्ने भएकाले त्यसलाई सबैले स्वीकार्दै एक ढिक्का भएर समस्या समाधान गर्नुपर्ने बताए। उनले पार्टी पार्टी जमेको पोखरी नभएको भन्दै भूमरी परिरहने र गडगडाउँदै अगाढि बढ्ने बताए।

    ‘अब कम्युनिष्ट पार्टी भनेको कुनै जमेको पोखरी जस्तो होइन, मलाई लाग्छ कम्ब्रेडहरूले यो कुरा पनि बुझ्नु भएको होला कम्युनिष्ट पार्टीको परिभाषा गर्दा यो द्वन्द्वात्मक भौतिकवादी यसले संघर्षमा विश्वास गर्ने, बहसमा विश्वास गर्ने भएको हुनाले यो कम्युनिष्ट पार्टी एउटा गडगडाउने खोला जस्तो यो कहियौँ ठक्कर खाँदै भत्काउँदै फेरि भूमरी पर्दै फेरि अगाडि बढ्दै महासागरतिर लम्कने साम्यवादतिर लम्कने पार्टी हो, कम्युनिष्ट पार्टी' उनले भने, 'हामी कतिपयलाई लाग्छ यो शान्त भइदिए हुन्थ्यो यो शिष्ट भइदिए हुन्थ्यो नेता कार्यकर्ताको बीचमा अनावस्यक बहस र विवाद नभइदिए हुन्थ्यो खुरुक्क मिलेर सबै एकमुख भएर हिडिदिए हुन्थ्यो भन्ने लाग्न सक्छ। हुनत त्यस्तै होस भन्ने हाम्रो चाहना हो। हामी त्यसैको निम्ति कोसिस गर्ने हो सबै एकताबद्ध हुन कोसिस गर्ने हो तर जुन दिन यो साँच्चै शान्त साँच्चै एकजुट साँच्चै विवादरहित साँच्चै त्यस्तो भयो त्यो दिन देखि त्यो पार्टी चाहिँदैन्। वास्तवमा माक्र्सवादिहरुले माक्र्सदेखि सबै नेताहरुले भनेको कुरा के हो भने जुन दिन त्यस्तो स्थिति आउँछ विवाद रहित बन्ने दिन आउँछ त्यो दिन साम्यवाद हो साम्यवादमा कम्युनिष्ट पार्टी रहदैन चाहिंदैन कुनैपनि पार्टी चाहिँदैन्।'

    दुश्मनका गोलीले लडाउन नसेको कम्युनिष्ट सत्तामा गएपछि कुशासन र भ्रष्टाचारका कारण आफै सकिने गरेकोले सचेत हुनुपर्ने बताए। उनले पार्टी मूलभूतरूपमा विचार राजनीति र कार्यक्रम भएको र अर्कोतर्फ विधि र पद्धति भएकाले विचार, विधि र नेतृत्वको संयोजनबाट पार्टी चल्ने बताए। उनले विचार र विधिको एकरूपताबाट नै पार्टीको जीवन र गति निर्धारण हुने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]