प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र परिपक्व हिसाबले निष्कर्ष निकाल्ने दावी
प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र परिपक्व हिसाबले निष्कर्ष निकाल्ने दावी
काठमाडौं : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले भट्टराईले वामदेव गौतमको विषय व्यवस्थापन नहुने विषय नभएको र उपयुक्त हिसाबले व्यवस्थापन हुने बताएका छन् । यसको नतिजा के हुन्छ भन्ने कुरा १, २ दिनभित्र टुंगो लाग्ने भएकाले अहिले बोल्न हतार हुने उनले बताए।
सोही क्रममा उनले राष्ट्रियसभा सदस्य मनोनित गर्ने अधिकार क्षेत्र पार्टीको नभएको पनि उल्लेख गरे । राष्ट्रियसभा सदस्यको मनोनयनका सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेर सिफारिस गरेअनुसार राष्ट्रपतिले अन्तिम टुंगो लगाउने उनले बताए। सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने विषयमा पार्टीले सरकारलाई सुझाव मात्रै दिन सक्ने बताए।
‘मनोनयनको विषयमा पार्टीको निर्णय भन्ने हुँदैन। अस्ति १८ जनाको विषयमा पार्टीले निर्णय गर्यो निर्वाचन भयो। यो मनोनयनको विषय राष्ट्रपतिको विषय हो। पार्टीले निर्णय गरेर यो गर भन्ने होइन्' उनले रिपोर्टर्स क्लबमा शुक्रबार बोल्दै उनले भने 'पार्टीले सुझाव दिएको छ। त्यो सुझावलाई सरकारले कसरी लिन्छ भन्नेमा प्रधानमन्त्रीले जिम्मेवारीपूर्ण र परिपक्व हिसाबले निष्कर्ष निकाल्नुहुन्छ।’
एमसीसीको विषयमा प्रधानमन्त्रीले संसदबाट नै पारित हुन्छ भनिसके पनि पारित हुने उनले बताए। राष्ट्रहित विपरीतका कुरा छन् भने पारित गर्न नहुने उल्लेख गर्दै उनले मुलुकको सार्वभौमिकता विपरीत, सैन्य र राजनीतिक गठबन्धनलगायतका पक्षमा दायाँबायाँ हुने छुट वर्तमान सरकारलाई नभएको उनले बताए।
सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा मुछिएका बाँस्कोटामाथि छानबिन हुने र आरोप प्रमाणित भए कारवाही हुने उनले बताए। तर, छानबिन पूरा नहुँदै अपराधी जस्तो व्यवहार गर्नु उपयुक्त नहुने भट्टराईले बताए।
भारतसँग सीमा समस्या समाधानका लागि छिट्टै वार्ता हुने पनि भट्टराईले बताए। विदेशसचिव स्तरको वार्ताका लागि नेपालले पठाएको पत्रको जवाफ भारतले दिए पनि मिति भने तय नभएको उनले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।