काठमाडौं : गायिका मेलिना राई र गायक समिर सिंगकको आवजमा 'पल्केर' बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा डिपि खनालको शब्द रहेको छ। गीतमा शंकर थापा ‘स्माइल’ ले संगीत दिएका छन्।
शान थापाको निर्देशनमा तयार भएको भिडियोमा एलिशा राई र किरण गुरुङ फिचर छन्। भिडियोमा किरण एलिशासँग पल्किएको देखाइएको छ। बुद्ध थापाले खिचेको भिडियोमा सुरेश काफ्लेले ड्रोन उडाएका छन्।
केन्द्र लिम्बूले निर्माण गरेको भिडियो सम्पादनको काम सुप्रिम पराजुलीले गरेका छन्। भिडियोमा राजिव समरको नृत्य निर्देशन रहेको छ।
भिडियो
तपाईंको ईमेल गोप्य राखिनेछ ।