समृद्धिको लक्ष्य हासिल गर्ने विकल्प तयार

|
फाइल फाेटाे

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुई राप्रपाबीचको एकताले नेपाली राजनीतिमा बलियो वैकल्पिक शक्ति तयार भएको बताएका छन्।  

थापाले आफ्नो फेसबुकमा भिडियो सन्देशमार्फत एकीकृत नयाँ पार्टीले देशमा समृद्धि ल्याउने पनि दाबी गरेका छन्। थापा नेतृत्वको राप्रपा र पशुपतिशमशेर जबरा नेतृत्वका राप्रपा संयुक्तबीच एक सम्झौतामा हस्ताक्षर भएपछि थापाले भिडियो सन्देशमार्फत जनताले बलियो राष्ट्रवादी शक्ति पाएको दाबी गरेका हुन्।

‘हामी पार्टी एकता गर्न सफल भएका छौँ। दुई राप्रपा मिल्दा देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति पाएको छ,’ थापाले भनेका छन्, ‘प्रमुख ठूला दलको अकर्मण्यता र गलत नीतिका परिणाम स्वरुप देशले भोग्नु परिरहेको विकृति र विसंगतिबाट देशलाई मुक्त तुल्याएर देशमा शान्ति तथा स्थायित्व कायम गर्ने र आर्थिक विकास एवम् समृद्धिको लक्ष्य हासिल गर्ने भरपर्दो राजनीतिक विकल्ल्प अब जनताले प्राप्त गरेका छन्।’

पार्टी एकता हुँदा उनले आफू खुसी र सन्तुष्ट रहेको पनि बताएका छन्। यसअघि दुई राप्रपा एकता भएको छोटो समयमै ०७३ फागुनमा विभाजित भएकोमा उनले कम्जोरी स्वीकार गरेका छन्। ‘महाधिवेशनको छोटो समयमै यसअघि पार्टीमा आएको विभाजन रोक्न नसक्नुमा म नैतिक रूपमा जिम्मेवार छु,’ थापाले भनेका छन् । 

पार्टी विभाजन हुँदा ठूलो मूल्य चुकाउनु परेको उनको भनाई छ। पार्टीमा तीन अध्यक्ष रहनेतर्फ संकेत गर्दै उनले भने, ‘पार्टी एकता गर्दा केही अव्यवहारिक र अस्वभाविक प्रावधान पनि राखेका छौँ। यो अधिवेशनसम्म रहन्छ।’

भिडियो

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.