|

काठमाडौं : लकडाउनले यतिबेला मुलुक ठप्प छ। सडकमा सवारीसाधन गुडेका छैनन् भने हवाई जहाज र हेलिकोप्टर पनि ठप्प छन्। यस्तोमा प्रसुति व्यथाले च्यापेर ज्यानै जोखिममा परेकी महिलाको नेपाली सेनाको हेलिकोप्टर उद्धार गरेर ज्यान बचाएको छ।

खोटाङको ऐसेलुखर्क गाउँपालिका-३ निवासी २२ वर्षीया सिर्जना तामाङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय प्राथमकि स्वास्थ्य केन्द्रमा पुर्‍याइयो। तर त्यहाँको जनशक्तिले सक्दो प्रयास गर्दा पनि सिर्जनाले बच्चा जन्माउन सकिनन्। 

प्रसुति हुन नसकेर आमा र बच्चाकै ज्यान जोखिममा परेपछि स्वास्थ्य केन्द्रकी स्वास्थ्यकर्मी निर्मला शर्माले प्रतिनिधि सभाका सांसद विशाल भट्टराईसँग गुहार लगाइन्। लकडाउनको तनावबीच गाउँमै रहेका भट्टराईले तत्कालै खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मासँग हेलिकोप्टर झिकाउन आग्रह गरे। 

भट्टराईको पहलबीच प्रमुख जिल्ला अधिकारी शर्माले महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङलाई प्रसुतिले च्यापेर समस्यामा परेकी महिलाको उद्धारका लागि आग्रह गरे। 

'महिला मन्त्रालयले पनि तत्कालै नेपाली सेनासँग समन्वय गरेर हेलिकोप्टर पठाइदियो', सांसद भट्टराईले भने, 'ढिला भएको भए आमा र पेटमा रहेको बच्चा दुवैको ज्यान नै तलमाथि हुन सक्थ्यो, एउटा बिपद् टरेको छ, सरकारालाई धन्यवाद!'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.