|
फाइल फाेटाे

काठमाडौं :  सत्तारूढ दल नेकपाका संसदीय दलका उपनेता सुबासचन्द नेम्वाङले आर्थिक वर्ष २०७७/०७८ को बजेटको नीति तथा कार्यक्रम सकरात्मक भएको भन्दै सरकारको बचाउ गरेका छन्। प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायत अन्य राजनीतिक दलले नीति तथा कार्यक्रमको आलोचना गरिरहेका बेला आइतबार नेता नेम्वाङले संसदमा बोल्दै विरोधका लागि विरोध भएको बताएका हुन्।  

उनले नीति तथा कार्यक्रम कोरोनाबाट आर्थिक तथा सामाजिक क्षेत्रमा परेको असरलाई सम्बोधन गर्नेगरी आएको दाबी गरे। आजै आइतबार संसदमा नीति तथा कार्यक्रममाथि छलफल गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारसँग जनताको दु:ख बुझ्ने हृदय नभएको टिप्पणी गरेका थिए।

देउवाको टिप्पणीलाई नेम्वाङले जवाफ दिँदै अहिलेको विपत्तिलाई सम्बोधन गर्नेगरी नीति तथा कार्यक्रम ल्याएको बताए।  ‘यो नीति तथा कार्यक्तम कोरोनामै केन्द्रित गरेर आएको छ। अहिलको कोरोनाको समस्यालाई सम्बोधन गर्ने कोसिस गरेको छ। बुँदा ३८ मा कोरोनाबाट पारेको प्रभावबारे अध्ययन गरिरहेको छु भनेर सरकारले भनेको छ,’ उनले भने, ‘यसबाट प्रभावको राम्रोसँग मूल्यांकन गरको बुझ्न सकिन्छ। यो फूलको आँखामा फूलै संसार काँडाको आँखामा काँडै संसार भने जस्तो हो।’  

नेम्वाङले लिम्पियाधुरा नेपालको दाबी गर्दै सरकारले फिर्ता ल्याउने गरी इतिहासमै पहिलोपटक प्रष्टसँग बोलेको उल्लेख गरे। उक्त विषयलाई सकारात्मक भनेर देउवाले भनेको प्रति भने नेम्वाङले खुसी व्यक्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.