संखुवासभा : मकालु वरुण राष्ट्रिय निकुञ्जले यस वर्ष निकुञ्ज क्षेत्रमा यार्सागुम्बा संकलनमा रोक लगाएको छ। कोरोना भाइरसको सम्भावित संक्रमणको न्युनीकरण तथा सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै संकलनमा रोक लगाइएको निकुञ्जका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिए।
यार्सागुम्बा संकलन गर्दा भीडभाड हुने भएकाले कोरोना संक्रमणको जोखिम उच्च हुने देखिएपछि रोक लागाइएको सूचना अधिकारी पाठकले बताए। निकुञ्जको सूचना विपरीत यार्सागुम्बा संकलन गर्ने गराउनेलाई प्रचलित कानुनअनुसार कारबाही गर्ने निकुञ्ज कार्यालयले जनाएको छ। निकुञ्जले गत वर्ष जेठ १५ देखि असार १३ यार्सागुम्बा संकलन गर्न अनुमति दिएको थियो।
यार्सागुम्बा मकालु, भोटखोला र सिलिचोङ गाउँपालिकामा फैलिएका मकालु वरुण निकुञ्ल क्षेत्रमा पाइन्छ। उच्च हिमाली क्षेत्रका बान्सिदाको मुख्य आम्दानीको स्रोत यार्सागुम्बा मानिन्छ। संकलन गरेको यार्सागुम्बा विबmी गरेर यस क्षेत्रका बासिन्दा वर्षभरिको आवश्यक घर खर्च, बालबच्चा पढाउने खर्च जुटाउने गरेका छन्। यार्सागुम्बा संकलनका लागि निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्र भित्रका स्थानीयलाई ५००, मध्यवर्ती क्षेत्रबाहिरका तर जिल्लाभित्रका भए दुई हजार रुपैयाँ र जिल्लाबाहिरका लागि तीन हजार प्रवेश शुल्क तोकेको छ।
निकुञ्ज कार्यालयले यार्यागुम्बा प्रतिकिलो २५ हजार रुपैयाँका दरले राजस्व लिने गरेको सूचना अधिकारी पाठकले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।