समाज : सुरक्षा/अपराध

मंगलबारदेखि बेपत्ता युवक मृत फेला

जेठ १०, २०७७

    ताप्लेजुङ : मिक्वाखोला गाउँपालिका–४ का युवक चार दिनपछि मृत फेला परेका छन्। 

    गत मंगलबारदेखि बेपत्ता भएका २१ वर्षीय केशव खवासको शव शुक्रवार साँझ मेवाखोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए। खवास मेवाखोलामा हामफाली बेपत्ता भएको जानकारी आएपछि प्रहरीले खोजतलास गरेको थियो। उनी हामफालेको भनिएको स्थानभन्दा करिब २०० मिटर तल मृत फेला परेको प्रहरीले बताएको छ।

    घटनाबारे थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय दोभानका प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित गरीएको डिएसपी श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]