|

गोरखा : कोरोना संक्रमणको दर बढ्न थालेपछि गोरखा अस्पतालले ज्वरो आएका बिरामीलाई छुट्टै कक्षमा राखेर उपचार गर्न थालेको छ।

अस्पताल प्रवेशद्वारमै सेवाग्राहीहरूको फिभर स्क्रिनिङ गर्दा ज्वरो आएको पाइए छुट्टै कक्षमा राखेर उपचार गर्न थालिको अस्पतालका सूचना अधिकारी कृष्ण ढकाललले जानकारी दिए।

‘अस्पतालमा आउने जो कोहीलाई हामीले गेटमा नै फिभर स्क्रिनिङबाट चेक गर्ने गरेका छौँ‚’ उनले भने‚ ‘चेक गर्दा ज्वारो आएको भेटिए टिकट काट्ने लाइनमा पनि राख्दैनौँ। अन्य बिरामीको नजिक पर्न पनि दिँदैनौँ। उहाँहरूलाई फिभर क्लिनिकमा उपचार गर्छौँ।’

अस्पतालमा भर्ना गरेर राखिएका कोभिडका शंकास्पद बिरामीको मात्र पिसिआर परीक्षण गर्ने व्यवस्था रहेको उनले बताए। ‘चेकजाँच गर्दा बिरामीको यदि अक्सिजन लेभल घटेको, अवस्था पनि जटिल देखिएमा भर्ना गरेर राख्छौँ र उहाँहरुको पिसिआर परीक्षण गर्ने गरेका छौँ‚’ सूचना अधिकारी ढकालले भने‚ ‘नत्र अन्य उपचार गरी होम आइसोलेशनमा रहन सुझाव दिएर पठाउछौँ।’

अस्पतालले ज्वरो आएका बिरामीको ट्राभल हिस्ट्री पनि लिने गरेको छ। अस्पतालले संक्रमित भेटिएमा उपचारका लागि सात शय्याको आइसोलेसन निर्माण गरेको छ। शैय्या थप गर्न विभिन्न निकायसँग समन्वय र परामर्श भइरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.