|

काठमाडौं : रौतहटको मौलापुर नगरपालिका-५ बाट एक थान सिक्सर पेस्तोलसहित तीनजना पक्राउ परेका छन्। ​मौलापुरदेखि कलैया जाने सडकबाट भारतको मोतिहारीग्राम बिजबनी बिहार घर बताउने २४ वर्षीय देवेन्द्र यादवसहित तीनजनालाई आइतबार दिउँसो पक्राउ गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय मौलापुरबाट खटिएको प्रहरीले बिआर ०५ एपी ४०१६ नम्बर र बिआर ०५ ई ६४३४ नम्बरको मोटसाइकल जाँच गर्दा मोटरसाइकल चालक देवेन्द्रलाई पेस्तोलसहित फेला पारेको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.