|

काठमाडौं: भोट माग्न गाउँगाउँ पुगेका उम्मेदवार खानेकुरा खुवाएर बेहोस भएपछि नेपाल प्रहरीले सूचना जारी गरी यस्ता घटनाबाट सचेत रहन आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता विष्णुकुमार केसीले आइतबार सूचना निकालेर हालसम्म एउटा मात्र घटना भएको भएपनि अन्य ठाउँमा पनि यस्ता घटना हुनसक्ने देखिएकाले सचेत रहन आग्रह गरेका छन्।

सर्लाहीको हरिवन नगरपालिका-११ मा आज (आइतबार) स्थानीयले दिएका खानेकुरा खाँदा वडाध्यक्षका उम्मेदवारसहित ५ जना बेहोस भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.