|

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले समाजवादमा अघि बढ्न संविधान बाधक होइन, सहयोगी रहेको बताएका छन्। समाजवादी मोर्चाद्वारा आयोजित नेपाली विशेषताको समाजवादी नामक अन्तरसंवादमा धारणा राख्दै उनले यस्तो बताएका हुन्। 

सोही कार्यक्रममा समाजवादी मोर्चाकै घटक जसपाका अध्यक्ष एवं उपप्रधानमन्त्रीसमेत रहेका उपेन्द्र यादवले संविधान बाधक बनेको बताए पनि नेपालले भने त्यसको खण्डन गर्दै सहयोग रहेको बताएका हुन्।

उनले भने, ‘समाजवादी दिशामा अघि बढ्न अहिलेको संविधान बाधक छैन, बरु सहयोगी छ। हामीले आवश्यक कानुन निर्माणमा ध्यान दिनुपर्छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.