|

काठमाडौँ : नेकपा (एकीकृत समाजावादी) का सांसद डा. वेदुराम भुषालले सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट समाजमा गुणात्मक परिवर्तन गर्नसक्ने किसिमका हुनुपर्ने बताएका छन्।

शुक्रवारको राष्ट्रियसभामा उनले नागरिकले उठाएका प्रश्नहरूको जवाफ दिनसक्ने गरी सरकारले नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बताए। 

उनले सरकारको अदलीबदली र अस्थिरताका कारण देशमा जनमुखी कार्यक्रमहरु हुन नसकेको जिकिर गरे। उनले राजनीतिक दलहरु सत्ताका लागि मात्रै केन्द्रित भएको आरोप पनि लगाए।

पूर्वमन्त्री भुषालले आगामी अधिवेशनमा नेपाली समाजको वर्तमान अवस्थालाई गुणात्मकरुपले परिवर्तनका लागि दिशा निर्देश गर्ने खालका नीति कार्यक्रम आउनुपर्नेमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.