|

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले डढेलो र आगलागी पीडितलाई तत्काल राहत दिन सरकारसँग माग गरेको छ।

शुक्रवार बसेको पार्टी संसदीय दलको बैठकले देशभरका विभिन्न ठाउँमा डढेलो तथा आगलागीबाट मृत्यु भएकाप्रति समवेदना व्यक्त गर्दै पीडितलाई राहतको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो।

आगलागी र डढेलोबाट पीडितहरूलाई तत्काल राहतको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको पार्टीका प्रमुख सचेतक रमेश लेखकले बताए।

त्यसैगरी बैठकले डढेलो तथा आगलागीबाट पाइप जल्दा देशका विभिन्न ठाउँमा खानेपानीको अभाव भएको भन्दै त्यसको पनि उचित व्यवस्था मिलाउन सरकारलाई सचेत गराएको छ। प्रमुख सचेतक लेखकले भने, ‘देशभरमा विभिन्न ठाउँमा आगलागी भएको छ, डढेलोले धेरै मानिस पीडित र आक्रान्त छन्। डढेलो र आगजनीबाट पीडितलाई राहत दिन, पुनःस्थापना गर्न सरकारलाई अनुरोध गरेका छौँ।’

काँग्रेसले पार्टी नेता सूर्यमान गुरुङको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पनि पारित गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.