|

काठमाडौं : प्रमुख सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले असन्तुष्ट संघीय गठबन्धनसँग निर्णायक छलफल गर्दैछन्। 

दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका मागका विषयमा छलफल हुने संघीय समाजवादी फोरमका नेता राजेन्द्र श्रेष्ठले बताए। मधेसी मोर्चा आवद्ध गठबन्धनको मुख्य माग संविधान संशोधनका विषयमा अनौपचारिक छलफल गरेका कांग्रेस र माओवादी केन्द्रले आइतबार औपचारिक छलफल आव्हान गरेका हुन्। 

यसअघि शनिबार प्रमुख प्रतिपक्ष एमाले सहितको छलफल भएको थियो। माग सम्बोधनका लागि सरकारले तयार गरेको संविधान संशोधनको प्रस्तावमा छलफल हुने श्रेष्ठले बताए। सरकारले नागरिकता, सीमांकन, भाषा र राष्ट्रिय सभामा जनसंख्याका आधारमा प्रतिनिधित्व लगायतका विषयमा संशोधनको तयारी गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.