स्थानीय निर्वाचन-२०७९

कोरोना संक्रमणबाट गाविस पूर्वअध्यक्षको निधन

जेठ १६, २०७८

    धनकुटा : जिल्लाको तत्कालीन तांखुवा गाविसका पूर्वगाविस अध्यक्ष सानबहादुर लिम्बूको कोरोना संक्रमणबाट निधन भएको छ।

    विराटनगरस्थित नोबेल मेडिकल कलेजमा २४ दिनदेखि उपचाररत लिम्बूको आइतबार बिहान १० बजे निधन भएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बूले जानकारी दिए।

    नेकपा एमालेबाट तत्कालीन तांखुवा गाविसको २०४९ देखि ०५४ सम्म एक कार्यकाल उपाध्यक्ष र २०५४ देखि ०५९ सम्म एक कार्यकाल अध्यक्ष भएका लिम्बू हाल छथर जोरपाटी गाउँपालिकाको ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष पनि हुन्।

    धनकुटाको छथर जोरपाटी गाउँपालिकाको वडा नं. ३ निवासी लिम्बू सामाजिक काममा निकै सक्रिय थिए।

    छथर जोरपाटी गाउँपालिकामा ९२ जनाभन्दा बढीमा कोरोना संक्रमण भएको छ भने ३ जनाको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष लिम्बूले जानकारी दिए।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]