लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई यसको चिनियाँ मूल कम्पनी बाइटडान्सबाट अलग गर्न वा अमेरिकामा बन्द गर्नुपर्ने कानूनलाई अमेरिकी सिनेटले मंगल...
बेलायत नागरिक माइकल स्टिवन सैन्डफोर्डले अमेरिकी राष्ट्रपतिका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास गरेको प्रहरीले दावी गरेको छ।
गएको शनिवार अमेरिकाको लस भेगसमा भएको ट्रम्पको कार्यक्रममा १९ वर्षिय सैन्डफोर्डले ट्रम्पको अटोग्राफ लिने निहुँमा नजिकै रहेका प्रहरीको बन्दुक खोस्ने प्रयास गरेका थिए। उनलाई तत्काल गिरफ्तार गरेर प्रहरी हिरासतमा राखिएको छ।
नभादा अदालतले सैन्डफोर्डलाई ५ जुलाईसम्म हिरासतमा राख्न अनुमति दिएको छ।
प्रहरीका अनुसार सैन्डफोर्ड विगत डेढ वर्षदेखि अमेरिकामा बस्दै आएका थिए। उनी विगत एक वर्षदेखि ट्रम्पको हत्या योजना बनाइरहेका थिए। उनले प्रहरीलाई बताए अनुसार उनले शनिवार नै ट्रम्पको हत्या गर्ने हिम्मत जुटाएका थिए।
कहिल्यै गोली नचलाएको बताउने सैन्डफोर्डले ट्रम्पको हत्या गर्न नै भनेर १७ जूनमा बन्दुक चलाउन फाइरिङ रेन्जमा गएका थिए।
उनले भनेका छन् यदि लस भेगसको र्यालीमा ट्रम्पको हत्या गर्न नसके फिनिक्स राज्यको र्यालीमा ट्रम्पको हत्या प्रयास गर्ने थिए । जसका लागि उनले फिनिक्सको र्यालीमा सहभागी हुन टिकट समेत लिइसकेका थिए।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।