काठमाडौं : पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी,...
रामेछाप : सुनापति गाउँपालिकाले विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरेको छ। महिनावारी भएको बेलामा पनि छात्रालाई नियमित विद्यालय आउने वातावरण बनाउन निःशुल्क स्यानेटरी प्याड प्रदान गरेको हो।
विद्यालयमा अध्ययनरत छात्राको लागि सुनापति गाउँपालिकाको स्वास्थ्य शाखाले विद्यालयमा निःशूल्क स्यानेटरी प्याड वितरण गरेको हो। महिनावारी भएका छात्रालाई विद्यालय नियमित गराउँनको लागि निःशुल्क स्यानेटरी प्याड प्रदान गरिएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अर्जुन श्रेष्ठले जानकारी दिए।
महिनावारी भएको अवस्थामा छात्रा विद्यालय नआउँदा पढाइमा बाधा पुगेकाले नियमित विद्यालय आउने वातावरण बनाउन स्यानेटरी प्याड वितरण गरिएको उनको भनाई छ। स्यानेटरी प्याड प्रयोग गर्दा महिनावारी भएको बेला हुनसक्ने संक्रमणबाट समेत बचाउने श्रेष्ठले बताए।
विद्यालयमै स्यानेटरी प्याडको व्यवस्था भएपछि छात्रा महिनावारी भएको समयमा पनि नियमित विद्यालय आउँने गरेको पशुपति माध्यमिक विद्यालय हिलेदेविकी शिक्षक सुजता मोक्तानले बताइन्।
चालू आर्थिक वर्षमा सुनापति गाउँपालिकाको पशुपति माध्यमिक विद्यालय हिलेदेविमाका छात्राको लागि मात्र स्यानेटरी प्याड प्रदान गरिएको र आगामी आर्थिक वर्षदेखि गाउँपालिकाभित्र रहेको १२ वटा माध्यमिक विद्यालयका छात्रालाई स्यानेटरी प्याड निःशुल्क वितरण गरिने सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले बताए।
रामेछाप जिल्लाको ८ वटा स्थानीय तह मध्य सुनापति गाउँपालिका सबैभन्दा धेरै माध्यमिक विद्यालय भएको गाउँपालिका पनि हो।
तपाईको प्रतिक्रिया दिनुहोस्
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।