|

काठमाडौं : केही दिन अघिदेखि मलेसियामा एक नेपाली युवालाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा एक नेपाली युवा सेक्युरिटी गार्डलाई अर्का युवकले लाठीले निर्घात कुटिरहेको देखिन्छ।

ती नेपाली युवालाई कुटपिट गर्ने व्यक्ति धेरैले विदेशी नै भएको बताउँदै आएका थिए। तर मलेसियास्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिका कुटाई खाने र कुट्ने दुवै नेपाली भएको खुलेको छ। ​

​‘दूतावासको आग्रह अनुसार उक्त घटनाका पीडित र पीडक दुवै राजदूतावासको सम्पर्कमा आउनुभयो । दुवैजना नेपाली नागरिक पुष्टि भएको छ। पीडित इस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलवस्तु जिल्लाका स्थायी बासिन्दा हुन्,’ दूतावासले भनेको छ।'

यो घटनामा अर्काे महत्वपूर्ण कुरा उनीहरु दुवैजना मलेसियामा गैरकानुनी रुपमा बसेर काम गर्दै आएको पनि पत्ता लागेको छ। दूतावासका अनुसार कुटपिटको घटना जुलाई ७ बिहान १० बजे क्‍वालालम्पुरस्थित एमथ्री मलमा भएको हो।  

 उनीहरुमध्ये कुटाई खाने सेक्युरिटी गार्ड र कुट्ने व्यक्ति सुपरभाइजर रहेको दूतावासले जनाएको छ। दूतावासले उक्त घटनाको भिडियो सार्वजनिक भएसँगै अनुसन्धान अघि बढाएको थियो।  कुटपिट गर्नेलाई मुराउलाई त्यहाँस्थित प्रहरीले नियन्त्रणमा लिएको छ।     

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.