|

काठमाडाैं : अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुविरुद्ध संसदीय सुनुवाइ समितिमा चारवटा उजुरी परेको छ। 

समितिले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरी सोमबार खोलेको हो। उजुरी खोलिएसँगै पत्रकारहरुसँग कुरा गर्दै सभापति लक्ष्मणलाल कर्णले गम्भीर प्रकृतिका चारवटा उजुरी परेका जानकारी गराए।

समितिले असोज २१ गते १० दिनको म्याद  दिएर सार्वजनिक उजुरी आव्हान गरेको थियो। सभापति कर्णले प्रस्तावित राजदूतहरु विरुद्ध परेका उजुरीमा उजुरीकर्ताको नाम उल्लेख भएको तर सम्पर्क नम्बर उल्लेख नभएकाले कात्तिक १७ गतेका लागि समितिमा थप प्रमाणसहित उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय भएको बताए।

उजुरी परेका मध्ये अमेरिकाका लागि प्रस्तावित राजदूत पूर्व अर्थमन्त्री डा युवराज खतिवडाविरुद्ध ३ वटा र संयुक्त अधिराज्य (बेलायत)का लागि प्रस्तावित राजदूत पूर्वमुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध १ वटा रहेको सभापति कर्णले जानकारी दिए। 

सरकारले डा युवराज खतिवडालाई अमेरिकाका लागि आवाशीय राजदूतसँगै पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि गैह्रआवासीय राजदूतमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

यस्तै पूर्व मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायतका लागि आवाशीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैह्रआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो।

त्यस्तै डा। निर्मल कुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवाशीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेन लगायतका देशका लागि गैह्रआवासीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.