|

काठमाडौं : काठमाडौंमा दुई दिनसम्म सञ्चालन भएको नेपाल लगानी सम्मेलनमा १३ खर्ब ५२ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ। सम्मेलनमा सहभागी हुन आएका विभिन्न देशका लगानीकर्ताले नेपालका जलविद्युत, पर्यटन, पूर्वाधार,  सूचना प्रविधि लगायतका क्षेत्रमा गरी १३ खर्ब  रुपैयाँ भन्दा बढीको प्रतिवद्धता आएको हो। नेपालले करिब १ खर्ब लगानी प्रतिवद्धता आउने अपेक्षा गरिएको सम्मेलनमा १३ गुणा बढी प्रतिवद्धता आएको हो। 

सम्मेलनमा छिमेकी मुलुक चीनले सबैभन्दा धेरै आठ खर्ब ८० अर्ब रुपैयाँ लगानीको प्रतिवद्धता जनाएको छ। त्यस्तै बंगलादेशले दुई खर्ब ५४ अर्ब, जापान र बेलायती लगानीकर्ताले एक खर्ब सात अर्ब र श्रीलंकन लगानीकर्ताले ५३ अर्ब रुपैयाँ भन्दा बढी लगानी प्रतिबद्धता जनाएका छन्।

त्यस्तै नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदर भारतीय लगानीकर्ताले भने सबैभन्दा कम ३३ अर्ब ६० करोड रुपैयाँ लगानीको प्रतिबद्धता व्यक्त गरेका छन्। नेपालका व्यवसायीले झण्डै १२ अर्ब रुपैयाँ लगानी गर्ने बताएका छन्। सबैजसो लगानीकर्ताहरुले नेपालको उर्जा, यातायात, पर्यटनलगायतका क्षेत्रमा लगानीको प्रतिवद्धता जनाएका हुन्। सम्मेलनको समापन समारोहमा उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालको विकासका लागि लगानी प्रतिवद्धता जनाउनु हुने सम्पूर्ण स्वदेशी तथा विदेशी लगानीकर्ताहरुप्रति आभार प्रकट गरे।

नेपालमा राजनीतिक परिवर्तन भइसकेकाले ढुक्क भएर लगानी गर्न आग्रह गर्दै मन्त्री जोशीले नेपालमा गरेको लगानी सुरक्षाको ग्यारेण्टी नेपाल सरकारले लिने प्रतिवद्धता समेत व्यक्त गरे। बिहीबारदेखि सुरु भएको सम्मेलनमा २३ देशका २ सय ५० भन्दा बढी कम्पनीका लगानीकर्ता सहभागी दिए। उद्योग मन्त्रालय र लगानी बोर्डको संयुक्त आयोजना तथा राष्ट्रिय योजना आयोग र निजी क्षेत्रको सहयोगमा भएको सम्मेलन शुक्रबार सकिएको छ । सम्मेलन वैदेशिक लगानी भित्रउन सफल भएको विश्लेषण गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.