|

एजेन्सी : भारतका पूर्व राष्ट्रपति स्वर्गीय प्रणव मुखर्जीको पुस्तक 'द प्रेसिडेन्शिअल इयर्स' मंगलबार बजारमा आएको छ। उक्त पुस्तकमा नेपालबारे पनि केही उल्लेख गरिएको छ।

नेपाललाई भारतमा गाभ्न राजा त्रिभुवनले गरेको, तर तत्कालीन भारतीय प्रधानमन्त्रीले अस्वीकार गरेको पुस्तकमा दावी गरिएको छ।

पुस्तकमा लेखिएको छ, 'राजा त्रिभूवनले ल्याएको नेपाललाई भारतमा गाब्ने योजना नेहरूले अस्वीकार गरेका हुन्।'

नेपाल स्वतन्त्र राष्ट्र रहेको र सधैँ स्वतन्त्र नैए रहने भन्दै राजा त्रिभुवनको उक्त प्रस्तावलाई तत्कालीन भारतीय प्रधानमन्त्री नेहरूले अस्वीकार गरेको भारतीय अखबार दैनिक भाष्करमा उल्लेख छ।

प्रणवको पुस्ताकांश उद्धृत गर्दै भाष्करमा लेखिएको छ, ' यदी नेहरूको ठाउँमा इन्दिरा गान्धी भएको भए उनले सिक्किममा गरे झैँ यो अवसरको फाइदा उठाउन सक्थिन्।'

भारतको १३ औँ राष्ट्रपतिका हैसियतमा मुखर्जीले सन् २०१२ देखि २०१७ सम्म कार्यकाल सम्हालेका थिए। भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता समेत रहेका मुखर्जी अर्थमन्त्री समेत भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.