केपी ओली खलनायक भए, हामी रक्षामा उत्रिनुपर्छ
केपी ओली खलनायक भए, हामी रक्षामा उत्रिनुपर्छ
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली खलनायक भएको आरोप लगाएका छन्। प्रचण्ड–नेपाल समूहको निकट अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले खलनायक भएर संविधान र गणतन्त्रको हत्या गर्न खोजेको आरोप लगाए। 'ओलीले गणतन्त्र र संविधानको हत्या गर्न खोजे, उनी यसका लागि खलनायक नै सावित भइसके' उनले भने, 'धेरै समय चाहिँदैन। एकाध महिना हामी जुर्मुराएर गर्जिएपछि हाम्रो जित हुन्छ।'
'प्रधानमन्त्री ओलीलाई उनले भेडाको संज्ञा दिए। केपी ओलीजस्तो भेडासँग संगत गरेका थियौँ। हामी सिंहका सन्तान हौँ। एकपटक जुरुक्क उठेर गर्जिएपछि भेडासँग सिंहको जित अवश्यक हुन्छ' उनले भने।
प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको हुनाले अदालत र निर्वाचन आयोगसँग पूर्ण रूपमा विश्वास रहेको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।