|

काठमाडौं : नेपाल एकीकरणताका निर्माण भएका ऐतिहासिक गढी र किल्लाहरू गरी १ सय ३२ वटा छन्।

इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण तथा सम्बर्द्धन गर्दै राष्ट्रिय एकता प्रबर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकार, नेपाली सेना तथा स्थानीय तहले संरक्षण गर्ने भएको हो।

दुई वर्षदेखि एकीकरण मार्गको खोजी र संरक्षण सुरु भएको हो। यस कार्यक्रमलाई नेपाल सरकारको नीति तथा कार्यक्रममा पनि पेश गरिएको छ। सातै प्रदेशमा रहेका गढी, किल्ला र धरोहरको संरक्षण लागि नेपाली सेनादेखि स्थानीय सरकारले गरिरहेको छ।

ऐतिहासिक सम्पदा संरक्षण र प्रबर्द्धनमा एकीकृत समन्वयको आवश्यकता, एकीकरण स्मृति उद्यानको प्रगति प्रतिवेदन, नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलहरुको अध्ययन तथा संरक्षण सम्बर्द्धनमा भइरहेका प्रयासलगायत गोरखा–काठमाडाैं एकीकरण पदयात्राको निर्माणको कार्य भइरहेको छ।

१६ जिल्लामा १ सय ३२ वटा ऐतिहासिक गढी र किल्ला छन्। बारा, सिन्धुली, धनकुटा, काभ्रे, रौतहट,पर्सा, काठमाडौं, गोरखा, रुपन्देहीकपिलवस्तु, सुर्खेत, धनुषा, लमजुङ, पाल्पा र डडेलधुरामा  युद्धकालीन ऐतिहासिक धरोहरको संरक्षण गर्ने योजनासहित विभिन्न गतिविधि गरिरहेको छ।

इतिहासका घटनालाई स्मरण गर्न र त्यसलाई प्रमाणको रुपमा पेश गर्न गढी किल्लाले सहयोग गर्ने भएकोले देशभरका विभिन्न जिल्लामा भएका ऐतिहासिक स्थललाई विभिन्न सरोकार निकायसँग सहकार्य संरक्षण गरी काम गरिरहेको नेपाली सेनाका प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए। भने, 'पुर्खाले आफ्नो राष्ट्र जोगाउन कस्तो दुःख खेप्नुपरेको थियो। गढीले पुनः स्मरण गराउनेछ। यस्ता स्थानबारे जानकारी हामीले नयाँ पुस्तालाई दिनुपर्छ।'

लोपोन्मुख पद मार्गको पहिचान

उनका अनुसार माघ २२ देखि २५ गतेसम्म एकीकरण मार्ग बृहत् सेमिनार कार्यक्रम भएको थियो। कार्यक्रमबाट दीर्घकालीन कार्यक्रम प्राथमिकता निर्धारण गरी नेपाल सरकारसमक्ष प्रस्ताव लाने। संरक्षणको कामलाई निरन्तरता दिने, प्रबर्द्धनात्मक र जनजागरण बढाउन विभिन्न पहिचान गरी कार्यान्वयन र लोपोन्मुख पद मार्ग, युद्धस्थल जस्ता ऐतिहासिक धरोहरहरूको पहिचान गर्ने रहेको छ।

नेपाल राष्ट्र निर्माणमा वीर नेपाली, महिला तथा वृद्धवृद्धाको उत्तिकै समान योगदान रहेको कुराहरु यस्ता ऐतिहासिक स्थलले जानकारी दिने गरेको उनी बताउँछन्। उनका अनुसार गोरखादेखि काठमाडौंसम्मको १ सय ९६ किलोमिटरको पद मार्ग निर्माण भइरहेको छ। नेपाली सेना,नेपाल पर्यटन बोर्ड र स्थानीय तहले गढी किल्लाहरूको सम्पूर्ण विवरण तयार गरिरहेको छ।

पर्यटन प्रवर्द्धन

एकीकरण मार्गको मुख्य कार्यक्रम नेपाल सरकारको नीति तथा सरकारको कार्यक्रम, प्रदेश सरकार र स्थानीय तहमा अपनत्व धारण समावेश गराउने योजना रहेको छ।

गैरसरकारी संस्था तथा स्थानीय नागरिकको उत्साहजनक सहभागितालाई मुख्य प्राथमिकतामा राखिने भएको छ। इतिहासको अध्ययन र अनुसन्धान गर्न अभिरुचि बढाउन विकास गरिने र पर्यटन प्रवर्द्धनसँग सम्बन्धित निकायसँग सहकार्य गरी अगाडि बढने भएको छ।

एकीकरण पद मार्ग अन्तर्गत सिन्धुलीमा सिन्धुलीगढि संग्रालय,पाल्पा दरबार संग्रालय,एकीकरण स्मृती उद्यान २ नम्बर प्रदेशमा, जीतगढी संरक्षण बुटवल उपमहानगरपालिका, पृथ्वीगढी धुलिखेलमा र बलभद्र कुँवर पार्क धुलीखेल नगरपालिकामा निर्माण हुने भएको छ।

एकीकरण मार्गमा चुनौती

एकीकरण मार्ग निर्माण गर्नमा धैरै चुनौतीहरु खडा हुने भएको छ। एकीकृत कार्यशैलीको विकास गर्न निश्चित कार्यविधिको अभाव रहेकोले त्यसलाई सम्बोधन गर्नुपर्ने देखिएको छ।

कतिपय ऐतिहासिक विषय इतिहासविद् बीचमै मत ऐक्यता नरहेको सन्दर्भमा थप अनुसन्धान र खोजको कार्य गरिनुपर्ने, एकीकरण मार्ग कार्यक्रमलाई सांस्कृतिक, धार्मिक,सामाजिक,आर्थिक क्षेत्रहरु अपनत्वको भावना विकास गर्न थप समय लाग्ने र संरक्षणको कार्य गर्दा पुरातात्त्विक महत्त्वको संरचना यथावत राख्नुपर्ने विषयमा जनचेतना अझै बढाउनुपर्ने देखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.