|

काठमाडौं : आधार शिविरमा पुगेकी १९ वर्षीय युवतीमा कोरोना पुष्टि भएको छ।

बिरामी भएर काठमाडौं उपचार गर्न लगिएकी ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबरप्राप्त भएको सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले थाहाखबरलाई जानकारी दिए।

उनले कुन हिमाल आरोहण गर्न गएको त्यो विषयमा जानकारी नभएको बताए। शाहीले भने, 'उपचार गर्न लगिएको आरोहीमा कोरोना संक्रमण पुष्टि भएको छ।'

संक्रमित बिरामीलाई सुरुमा हाई अल्टिच्युटको समस्या देखिएको थियो। उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। उनका अन्य साथी बेस क्याम्पमा क्वारेन्टाइनमा बनाइ बसिरहेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.