|

रुकुम (पूर्व) : नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनका तर्फबाट भूमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएका भीमबहादुर ओलीले उम्मेदवारी फिर्ता लिएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवारी दिएका ओलीले शुक्रबार आज उम्मेदवारी फिर्ता लिएका हुन्। 

कांग्रेसका तर्फबाट अध्यक्ष र एमालेका तर्फबाट उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेस–एमालेको निर्णयअनुसार ओलीले कांग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएका थिए। गठबन्धन गरेकाले कांग्रेसले उपाध्यक्षमा भने उम्मेदवारी दिएको थिएन।

अब उपाध्यक्षमा एमालेका तर्फबाट उम्मेदवारी दिएका कमानसिङ डाँगीको मात्रै उम्मेदवारी कायम छ। उम्मेदवारी फिर्ता लिएका ओलीले आफूले उम्मेदवारी फिर्ता लिएको भन्दै माओवादी केन्द्र पार्टीले अन्याय गरेपछि स्वतन्त्र उम्मेदवारी दर्ता गर्न गएका वेला कांग्रेस–एमालेको प्रस्तावमा कांग्रेसको चुनाव चिह्नबाट उम्मेदवारी दिएको तर छलफल गर्दै जाँदा आफू उम्मेदवारी फिर्ता लिने निर्णयमा पुगेको बताए।

ओलीले उम्मेदवारी फिर्ता लिएपछि अब गाउँपालिका अध्यक्ष पदका उम्मेदवारीहरू माओवादी केन्द्रका होमप्रकाश श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका कमान पुन र मंगल नेशनल अर्गनाइजेशनका रतन बुढाको मात्रै उम्मेदवारी छ। ओलीले उम्मेदवारी फिर्ता लिएसँग अब माओवादी केन्द्रका उम्मेदवारी श्रेष्ठ अत्यधिक मतले विजय हुने देखिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.