१४ मध्ये ११ वडामाओवादी केन्द्रकाे जित

|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दवै पदमा माओवादी केन्द्रले प्रतिस्पर्धीको तुलनामा भारी मतले विजय हासिल गरेको हाे।

पालिकाको अध्यक्षमा पुनिराज घर्ती मगर र उपाध्यक्षमा भुपेन्द्रा बुढा मगर विजयी भएका छन्। घर्तीले ३ हजार ९ सय १३ मत प्राप्त गर्दा उपाध्यक्ष बुढाले ४ हजार ५९ मत प्राप्त गरेका छन्। निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका तेजेन्द्र बुढा मगरले २ हजार १ सय १३ मत प्राप्त गर्दा  कांग्रैसकै कमलाकुमारी मल्लले २ हजार १० मत प्राप्त गरिकी छिन्।

१४ वटा वडा रहेको यस गाउँपालिकामा ११ वटा वडामा माओवादी केन्द्रले विजयी हासिल गरेको छ भने एक÷एक वटा वडामा एमाले र कांग्रेसले जितेका छन्।एउटा वडा भने एमाले–कांग्रेस गठबन्धनले जितेको छ । पुथाउत्तरगंगा गाउँपालिकामा २०७४ को स्थानीय तह चुनावमा पनि माओवादी केन्द्रले नै जितेको थियो। २०७४ सालको निर्वाचनमा वडाहरूमा भने १० वटामा माओवादीले जित्दा दुई/दुई वटामा एमाले र कांग्रेसले जितेका थिए।

निर्वाचित वडाध्यक्षहरू

पुथाउत्तरगंगा १ मा माओवादी केन्द्रका विरमान कामी, पुथाउत्तरगंगा २ मा माओवादी केन्द्रका जसबहादुर सीर्पाली, पुथाउत्तरगंगा ३ मा माओवादी केन्द्रका बमबहादुर बुढा, वडा नम्बर ४ मा नेपाली कांग्रेसका सुरबहादुर बिक, वडा नम्बर ५ मा माओवादी केन्द्रका टिकासाई घर्ती मगर, वडा नम्बर ६ मा माओवादी केन्द्रका संखे सेन विजय भएका छन्।

यसैगरी वडा नम्बर ७ मा माओवादी केन्द्रका चित्रबहादुर बुढा, वडा नम्बर ८ मा माओवादी केन्द्रका पूर्णा मल्ल शाही, वडा नम्बर ९ मा माओवादी केन्द्रका हर्कप्रसाद रोका, वडा नम्बर १० मा एमालेका भरत बुढा, वडा नम्बर ११ मा माओवादी केन्द्रका कुमार सिंह, वडा नम्बर १२ मा माओवादी केन्द्रका दिलमान पुन, वडा नम्बर १३ मा एमालेका शिविसन सीर्पाली, र वडा नम्बर १४ मा माओवादी केन्द्रका द्रवेश बुढा मगर निर्वाचिन भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.